झापामा स्कुल बसको ठक्करबाट एक वृद्धाको मृत्यु

झापामा स्कुल बसको ठक्करबाट एक वृद्धाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

झापाको गौरादह नगरपालिका–१ मा स्कुल बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

गौरादह–१ स्थित माउन्ट एभरेस्ट बोर्डिङ स्कुलको बसले पैदल यात्री ७२ वर्षीय तुलसा दाहाललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । बिहिबार दिउँसो ३ बजे ठक्कर दिएकोमा उपचारको क्रममा राति ९ः१५ मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । प्रहरीले बस र उक्त बसका चालक गौरादह नगरपालिका–२ का ३७ वर्षीय अमरलाल ताजपुरियालाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।

Logo