नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
बैंकले शुक्रबारको लागि सार्वजनिक गरेको दर अनुसार अमेरिकी डलरको भाउ घटेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ १९ पैसा र बिक्रीमा १३० रुपैयाँ ७९ पैसा रहेको छ । बिहीबार अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ २३ पैसा र बिक्री दर १३० रूपैयाँ ८३ पैसा ताकिएको थियो। यस्तै, शुक्रबार अष्ट्रेलियन डलर एकको खरिदमा ८९ रुपैयाँ ८७ पैसा र बिक्रीमा ९० रुपैयाँ २८ पैसा रहेको छ ।
यता, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ३ पैसा र बिक्रीमा १४० रुपैयाँ ६७ पैसा रहेको छ। यो बिहिबारको तुलनामा केही बढि हो। यसैगरी, क्यानेडियन डलर एकको खरिदमूल्य ९६ रुपैयाँ ९४ पैसा र बिक्रीमूल्य ९७ रुपैयाँ ३९ पैसा, जापानी येन १० को खरिदमा ९ रुपैयाँ ९४ पैसा र बिक्रीमा ९ रुपैयाँ ९८ पैसा रहेको छ । यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८२ पैसा र कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८७ पैसा रहेको छ ।































प्रतिक्रिया