प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, प्रधानमन्त्रीका ज्वाइँसहित ३ जना मन्त्री नियुक्त

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, प्रधानमन्त्रीका ज्वाइँसहित ३ जना मन्त्री नियुक्त

केन्द्रबिन्दु
0
Shares

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

योसँगै माओवादी केन्द्रले आज सरकारमा सहभागिता जनाएको छ । माओवादी केन्द्रका दुई र एमालेका थप एक गरी शुक्रबार तीन जना मन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुभन्दा अगाडि माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएका हुन् । माओवादीबाट तेह्रथुम १ (२) बाट निर्वाचित दुर्गाप्रसाद चापागाईं र मोरङ ६ (१) बाट निर्वाचित जीवन आचार्य र एमालेबाट पूर्वप्रमुख सचेतक तथा सोलुखुम्बु १ (२) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त भएका हुन् ।

नवनियुक्त तीनै जना मन्त्रीले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । आचार्य प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ हुन् । आचार्य दाहालकी कान्छी छोरी गंगा दाहालका श्रीमान् हुन् । सोमबार प्रदेश १ मा मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । अब ७ सदस्यीय मन्त्रिपरिषद् भएको र विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने बताए । अहिले मन्त्रिपरिषद्को कार्यविभाजन विश्वासको मत लिएपछि गर्ने मुख्यमन्त्री कार्कीले बताए ।

Skip This
Skip This
Logo