चाखोलाको बाढीले काभ्रेको मण्डनदेउपुरमा पक्कि पुल बगायो

चाखोलाको बाढीले काभ्रेको मण्डनदेउपुरमा पक्कि पुल बगायो

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

बुधबार लगातार ५ घण्टा परेको अविरल वर्षापछि आएको बाढीले काभ्रेको मण्डनदेउपुर-११ जैशिथोक र पाँचखाल नगरपालिका जोड्ने चाखोलाको पक्की पुल भत्काएको छ ।

चाखोलामा आएको बाढीले पुलको जैशिथोक पटिको भाग बगाएको हो । थप बाढी आएमा पक्की पुल नै बगाउन सक्ने जोखिम रहेको स्थानिय जयराम सापकोटाले जानकारी दिए ।

पुल भत्किएसँगै स्थानियवासीलाई वार पार गर्न र तरकारी तथा अन्य कृषि उत्पादन बजार लैजान समस्या भएको सापकोटाले बताए ।

यो पुल विगत ९ वर्ष देखि निर्माण शुरु भएको भए पनि पटक पटक खोलाले बगाउँदै आएको थियो । निर्माण शुरु भएको एकवर्षमा ढलान गरिसकिएको पुल बगेको थियो । त्यस पछि पुननिर्माण गरि २ वर्ष अघि देखि संचालनमा ल्याइएको भए पनि अहिले चाखोलाले बगाएको हो । अब निर्माणका लागि तत्काल कुनै सम्भावना नरहेपछि स्थानियवासी चिन्तित भएका छन् ।

बुधबार दिनभरि जस्तो परेको पानीले नगरपालिकाका अन्य भागमा पनि सडक भत्किएका छन् भने रोपाईं भएका सयौं रोपनी खेत पनि बगाएको स्थानियवासीहरुले बताए । उता इन्द्रावती नदीले पनि खेत बगाएको बताइएको छ ।

तस्वीरहरु : जयराम सापकोटा

Skip This
Skip This
Logo