माधव नेपाललाई घनश्याम भुसालको साथ

माधव नेपाललाई घनश्याम भुसालको साथ

केन्द्रबिन्दु
0
Shares

अन्ततः घनश्याम भुसालले डेढ वर्षपछि माधवकुमार नेपाललाई नै साथ दिने निर्णय गरेका छन् । 

तत्कालीन नेकपा र पछि एमालेमा माधव नेपाललाई सुरुमा साथ दिएका भुसाल पार्टी विभाजनका बेला केपी ओलीसँगै बसेका थिए । तर, माधव नेपालले एकीकृत समाजवादी गठन गरे । त्यसबेला नेपाललाई साथ दिने ‘१० भाइ’ मध्ये भुसाल पनि एक थिए । 

एमाले अध्यक्ष ओलीको रापताप थेग्न नसकेर एमालेमै बसेका पूर्वउपमहासचिव भुसाल पछि पार्टी नै त्याग्न बाध्य भए । एमालेले गत प्रतिनिधिसभा निर्वाचनमा भुसाललाई उम्मेदवार नै उठाएन । त्यसपछि उनले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । रुपन्देही १ बाट उम्मेदवार बनेका उनी एमालेका छविलाल विश्वकर्मासँग पराजित भए ।

निर्वाचनपछि एक्लै रहँदै आएका भुसाल शुक्रबार एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन्। नयाँ बानेश्वरस्थित अर्याल होटलमा दिउँसो २ बजे आयोजित कार्यक्रममा उनी एकीकृत समाजवादीमा प्रवेश गर्नेछन्। पार्टी अध्यक्ष नेपालले भुसाललाई पार्टीमा स्वागत गर्ने कार्यक्रम छ।

भुसालले गत असोज २३ मा एमाले छाडेका थिए। भुसाललाई पार्टीमा स्वागतका लागि एकीकृत समाजवादीले यसअघि पत्रसमेत पठाएको थियो। भुसाललाई कुन जिम्मेवारी दिने एकीकृत समाजवादीले खुलाएको छैन। उनलाई उपाध्यक्ष वा महासचिव कुनै एक पद दिने तयारी रहेको पार्टीका नेताहरू बताउँछन्।

Skip This
Skip This
Logo