सन्दीप लामिछानेको मुद्दाकाे पेसी ९ माघमा

सन्दीप लामिछानेको मुद्दाकाे पेसी ९ माघमा

केन्द्रबिन्दु
0
Shares

उच्च अदालतको आदेशमा शुक्रबार रिहा भएका नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दाको पेसी ९ माघलाई तोकिएको छ।

क्रिकेटर लामिछानेमाथि लागेको नावालिग बलात्कारसम्बन्धी मुद्दाको अन्तिम छिनोफानो अघि बढाउन जिल्ला अदालत काठमाडौंले ९ माघका लागि पेसी तोकिदिएको हो। उक्त पेसीअनुसार मुद्दाको सुनुवाइ अघि बढेमा जिल्ला अदालत काठमाडौंले अन्तिम टुंगो लगाउनका लागि प्रक्रिया अघि बढाउने छ।

जिल्ला अदालतले उनलाई थुनामै बसेर मुद्दा लड्नुपर्ने आदेश सुनाए पनि सोको प्रतिवाद गर्दै उच्च अदालत गएका लामिछानेलाई थुनामुक्त भएर मुद्धा लड्न बिहीबार आदेश दिएको थियो । सो आदेश लगत्तै शुक्रवार नै लामिछाने केन्द्रीय कारागारबाट रिहा भएका छन्। 

Skip This
Skip This
Logo