विश्वासको मत दिएर सरकारलाई राम्ररी काम गर्न नदिने काँग्रेसकाे मनशायः सांसद श्रेष्ठ

विश्वासको मत दिएर सरकारलाई राम्ररी काम गर्न नदिने काँग्रेसकाे मनशायः सांसद श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) का सांसद भैरवसुन्दर श्रेष्ठले काँग्रेसले सरकारलाई विश्वासको मत दिएर सरकारलाई राम्ररी काम गर्न नदिने मनशाय राखेको बताएका छन् । 

शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले काँग्रेसले वर्तमान सरकारलाई दिएको समर्थनप्रति आशंका व्यक्त गरेका हुन् । उनले सत्तारुढ गठबन्धनको पर्याप्त बहुमत हुँदाहुँदै काँग्रेसले सरकारलाई मत दिएर लोकतन्त्रको उपहास गरेको बताए । सरकारलाई राम्ररी काम गर्न नदिएर कुत्सित मनशायका साथ नेपाली काँग्रेसले जाल फिँजाएको पनि उनले बताए । 

सांसद श्रेष्ठले काँग्रेसले प्रतिपक्षी बेन्चमा बसेर पनि आफ्नो भुमिका निर्वाह गर्नसक्ने भएपनि त्यसो नगरेकोमा शंशय व्यक्त गरे । उनले सरकारलाई अस्थिर बनाउने बारे नसोच्न काँग्रेसलाई आग्रह गरे । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्दै अगाडी बढ्नुपर्ने उनले बताए । 

Logo