सरकारले २५औं भूकम्प दिवस देशभर सचेतनामूलक कार्यक्रम गरी मनाउने

सरकारले २५औं भूकम्प दिवस देशभर सचेतनामूलक कार्यक्रम गरी मनाउने

केन्द्रबिन्दु
0
Shares

सरकारले २५औं भूकम्प दिवस देशभर सचेतनामुलक कार्यक्रम गरी मनाउने भएको छ ।  

शुक्रवार शहरी विकास तथा भवन निर्माण विभागले पत्रकार सम्मेलन गर्दै भूकम्प सुरक्षित पूर्वाधार,सुरक्षित जीवनको आधार भन्ने मुल नाराका साथ २५ औं भूकम्प दिवस देशभर भूकम्पीय सचेतनाका कार्यक्रम गरी मनाउन लागेका जानकारी दिएका दिएको हो । 

विभागले भूकम्पीय जोखिम न्युनिकरण तथा सचेतनाका कार्यक्रम गाउँपालिका, नगरपालिका, महानगरपालिका स्तरीय कार्यक्रम गरी देश व्यापी रुपमा मनाउने बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले २५ औं भूकम्प दिवस मुल समारोह काठमाडौंको कमलपोखरीमा माघ २ गते आयोजना गरिने बताए । उनले भूकम्पीय सचेतनाको लागि सरकारले देश व्यापीरुपमा गरिने कार्यक्रमको सूची नै तयार पारिएको बताए । 

महानिर्देशक श्रेष्ठले भूकम्पले कमजोर बनाएका संरचना भत्केर जनधनको क्षति हुँदा देशको समग्र विकासलाई पछाडि धकेल्ने बताए । उनले भूकम्पीय जोखिम न्युनिकरण गर्न सुरक्षित भवन निर्माण गर्न राष्ट्रिय भवनसंहिता कार्यान्वयन गर्नुपर्ने बताए । स्थानीय तहहरुमा प्राविधिक जनशक्तिको कमी र घरधनीहरुमा जनचेतनाको कमी, निर्माण कार्यमा प्राविधिक कमी,निर्माण सामग्रीको गुणस्तर नियन्त्रण कमी र सरोकारवाला निकायहरुबीच सहकार्य र समन्वयको कमीले भवनसंहिता अपेक्षा गरेजस्तो कार्यान्वयनमा आउन नसकेको उनले बताए । 

उनले वैज्ञानिकहरुले नेपालको पश्चिम क्षेत्रमा करिव ५०० वर्षसम्म भूकम्प नगएको उर्जा संकलित भएर बसेकाले ठूलो विनाशकारी भूकम्प आउने प्रवल सम्भावना रहेको बताइरहेको बताए । 

महानिर्देशक श्रेष्ठले भूकम्प आउने सम्भावना भएपनि कमजोर भवन संरचनाको आपूर्ति रोकी सुरक्षित भवन निर्माण गर्न भवनसंहिता बमोजिम भवन निर्माण गर्नुपर्ने चुनौति रहेको बताए । उनले भवनसंहिता कार्यान्वयनको महत्व र विद्यमान भूकम्पीय जोखिमको बारेमा व्यापक प्रचारप्रसार गरी जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमको मुख्य उद्देश्य भएको बताए । 

Logo