क्यालिफोर्नियामा आँधीका कारण १७ जनाको मृत्यु

क्यालिफोर्नियामा आँधीका कारण १७ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

आँधीबाट ठूलो भौतिक संरचनामा क्षति पुगेको छ । आँधीपछिको वर्षाबाट बाढी र पहिरो गएको थियो । बाढीले  सडक भत्किएका र पोलहरु ढलेका छन् । आँधीबाट दक्षिणी क्षेत्र सबैभन्दा बढी प्रभावित छ । त्यहाँबाट हजारौँ मानिसलाई उद्धार गरेर अन्यत्रै लगिएको छ । आँधी अरु केही दिनसम्म रहनसक्ने भन्दै यहाँको राज्य सरकारले सावधानी दर्शाएको छ । सन् २०१८ को जनवरीमा आएको आँधीमा कम्तीमा २३ जनाको मृत्यु भएको थियो ।
 

Skip This
Skip This
Logo