शीर्ष स्थानको नापोलीलाई १० अंकको अग्रता

शीर्ष स्थानको नापोलीलाई १० अंकको अग्रता

केन्द्रबिन्दु
0
Shares

इटालियन सिरी ए फुटबलमा नापोलीले फराकिलो जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा नापोलीले युभेन्ट्सलाई ५–१ गोल अन्तरले हराएको हो । खेलको १४ औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाएका थिए । केभिचा कोभारास्केलियाले ३९ औं मिनेटमा गोल गर्दै नापोलीको अग्रता २–० को बनाए । एन्जल डी मारियाले ४२ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई २–१ को स्थितिमा ल्याए । खेलको ५५ औं मिनेटमा अमिर रहमानीले गोल गर्दा नापोली ३–१ ले अघि रह्यो । ६५ औं मिनेटमा भित्रले व्यक्तिगत दोस्रो गोल गर्दै नापोलीको अग्रता ४े–१ को बनाए । त्यसपछि खेलको ७२ औं मिनेटमा इलिफ इल्मासले गोल गर्दै नापोलीलाई ५–१ को जित दिलाए ।

जितसँगै शीर्ष स्थानको नापोलीले १० अंकको अग्रता कायम गरेको छ । नापोलीले १८ खेलमा ४७ अंक जोडेको छ । दोस्रो स्थानको एसी मिलानको १७ खेलमा३७ अंक रहेको छ । युभेन्ट्स १८ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Logo