विश्वासको मत मलाई असाधारण उचाइको साथ प्राप्त भयो: प्रधानमन्त्री दाहाल

विश्वासको मत मलाई असाधारण उचाइको साथ प्राप्त भयो: प्रधानमन्त्री दाहाल

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नेतृत्वको गरेको सरकार राष्ट्रिय सहमतिबाट बन्नेतर्फ गएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिँदा असाधारण मत पाएको बताए। 

उनले भने, ‘४४ औँ प्रधानमन्त्री हुँदा सदनमा असाधारण परिघटना पनि भयो । अस्ति विश्वासको मत लिँदा झण्डै सिंगै सदन नै सहमत भयो। विश्वासको मत मलाई असाधारण उचाइको साथ प्राप्त भयो। करिब करिब मैले राष्ट्रिय सहमति भएको प्रधानमन्त्रीमा भन्ने अनुभूत गरेको छु।’ उनले आफूमाथि थप जिम्मेवारी र चुनौती बनेको समेत बताए।

Skip This
Skip This
Logo