लिभरपुलमाथि फराकिलो जित निकाल्दै ब्राइटन सातौं स्थानम

लिभरपुलमाथि फराकिलो जित निकाल्दै ब्राइटन सातौं स्थानम

केन्द्रबिन्दु
0
Shares

इङ्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले लिभरपुलमाथि फराकिलो जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा ब्राइटन लिभरपुलसँग ३–० गोल अन्तरले विजयी भएको हो । ब्राइटनको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफ सुरु भए लगत्तै ब्राइटनले लय लिएको थियो । ४६ औं मिनेटमा ब्राइटनका लागि सोलमन मार्चले गोल गर्दै अग्रता दिलाएका थिए । उनैले ५३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा ब्राइटनले अग्रता पनि दोब्बर बनायो । यसैगरी डेनी वेलबेकले ८१ औं मिनेटमा गोल थपेपछि ब्राइटनले लिभरपुलमाथि ३–० को शानदार जीत दर्ता गर्न सफल भयो ।

जितसँगै ब्राइटनले लिभरपुललाई तालिकामा उछिन्दै सातौं स्थानमा पुगेको छ । लिभरपुल भने आठौं स्थानमा रहेको छ । यी दुई टिमको बीचमा २ अंकको फरक रहेको छ । ब्राइटनले १८ खेलबाट ३० अंक बनाएको छ । ब्राइटनले १८ खेलमा ३० अङ्क जोडेको छ । लिभरपुल समान १८ खेलमा २८ अङ्कका साथ नवौँ स्थानमा छ । प्रिमियर लिगमा आर्सनल १७ खेलमा ४४ अङ्ककासाथ शीर्ष स्थानमा छ ।

Logo