सुनको मूल्य यो बर्षकै उच्च, प्रतितोला एक लाख पाँच हजार पुग्यो

सुनको मूल्य यो बर्षकै उच्च, प्रतितोला एक लाख पाँच हजार पुग्यो

केन्द्रबिन्दु
0
Shares

लगातार बढ्दै गएको सुनको मूल्य यो बर्षकै उच्च विन्दुमा पुगेको छ ।

माघको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोलामा एक लाख पाँच हजार रुपैयाँ पुगेको छ । गत शुक्रबार एक लाख तीन हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज एक हजार १ सय रुपैयाँले बढेको हो। गत वर्षको फागुन २५ गते एक लाख पाँच हजार ५०० रुपैयाँ पुगेको थियो । यस्तै, शुक्रबार प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आइतबार प्रतितोला एक लाख चार हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

Logo