साढे १३ लाखको अवैध खसीबोका नियन्त्रणमा

साढे १३ लाखको अवैध खसीबोका नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

इलाका प्रहरी कार्यालय बर्दघाटले ९० वटा अवैध खसीबोका नियन्त्रणमा लिएको छ । प्रहरी सहायक निरीक्षक लक्ष्मण रास्कोटीको कमान्डमा खटिएको प्रहरी टोलीले अवैध खसीबोका नियन्त्रणमा लिएको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको रा१ख २९१६ नम्बरको ट्रक रोकी चेकजाँच गर्दा बिनाकागजपत्र ल्याउँदै गरेको अवस्थामा जिल्ला नवलपरासी बर्दघाट नगरपालिका–६ टिसिएन चोकमा चेकजाँच गर्दा खसीबोकासम्बन्धी कुनै पनि कागजपत्र नभएकोले आवश्यक कारबाहीका लागि भन्सार कार्यालय महेशपुर पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रहरीका अनुसार पशुपंक्षी ओसारपसार गर्दा कुन जिल्ला लैजाने खोल्नुपर्ने र पशु स्वस्थ छ, छैन भन्ने बारे क्वारेन्टाइनमा चेकजाँच गर्नुपर्ने काम नभएकाले खसीबोका नियन्त्रणमा लिइएको हो । एउटा बोकाको मूल्य १५ हजारको दरले १३ लाख ५० हजार बराबरको खसीबोका नियन्त्रणमा लिइ भन्सारमा पठाइएको हो । 

Logo