काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हुने भनिएको भेटवार्ता स्थगित भएको छ ।
बुधबार साँझ ५ बजेका लागि तय भएको दुई अध्यक्षबीचको बैठक भोलि बिहानसम्मका लागि स्थगित भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भोलिसम्मका लागि दुई अध्यक्षबीच हुने भनिएको बैठक स्थगित गरिएको जानकारी दिए ।
पूर्व निर्धारित बैठक किन स्थगित गरियो भन्ने अझै खुलाइएको छैन ।































प्रतिक्रिया