सनराइज क्यापिटल लिमिटेडले ३० वर्षे कार्यकाल पूरा गरेको अवसरमा विशेष छुट योजना ल्याएको छ । कम्पनीले निःशुल्क डिम्याट खाता खोल्नेदेखि लगानी व्यवस्थापन सेवाको इन्ट्री लोन शुल्कमा तीन वर्षको लागि ३० प्रतिशतसम्म छुट दिने योजना ल्याएको हो ।
यो योजना माघ १ गतेदेखि लागु हुने कम्पनीले जनाएको छ । यसर्थ योजना आइतबार बाट नै लागु भएको हो । हाल कम्पनीले मर्चेण्ट बैंकिङ्ग कारोबार अन्तर्गत नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सेयर निष्कासन तथा बिक्री प्रबन्धक, कोष व्यवस्थापक, सेयर रजिष्ट्रार, शेयर प्रत्याभूति, निक्षेप सदस्य, लगानी व्यवस्थापन, लगानी परार्मश सेवाको कार्य गर्दै आएको छ ।
यस्ता छन् छुटका योजनाहरु
१. निःशुल्क डिम्याट खाता ३० दिनका लागि
२. निःशुल्क मेरो सेयरखाता ३० दिनका लागि
३. लगानी व्यवस्थापन सेवाको इन्ट्री लोन शुल्कमा तीन वर्षका लागि ३० प्रतिशत छुट
४. ३० लाख र सो माथिको लगानी व्यवस्थापनका लागि इन्ट्री लोन ३० दिनका लागि निःशुल्क
५. कष्टोडियल सर्भिसको प्रशासनिक शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट
६. पहिलो ३० जना ग्राहकलाई निःशुल्क कष्टोडियल सर्भिस र पोर्टफोलियो काउन्सिलिङङ
७. संस्थागत परामर्श शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट































प्रतिक्रिया