सुन–चाँदीको मूल्यमा सामान्य गिरावट

सुन–चाँदीको मूल्यमा सामान्य गिरावट

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा मंगलबार सुन–चाँदीको मूल्य सामान्य रुपैयाँले घटेको छ।

सोमबार प्रतितोला दुई सय रुपैयाँले बढेको सुनको मूल्य आज भने प्रतितोला एक सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला १ लाख ५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो। 
 

Skip This
Skip This
Logo