बाग्मती प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईंले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।
उपसभामुखमा सोमवार निर्वाचित भएकी चापागाईंलाई मङ्गलवार प्रदेश प्रमुखको कार्यालयमा एक कार्यक्रमबीच प्रदेशका सभामुख भुवन पाठकले शथ ग्रहण गराएका हुन् । कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्मा, प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, विनाविभागीय मन्त्री उद्धव थापा, प्रदेश सभा सांसद, प्रदेशका विभिन्न मन्त्रालयका सचिवहरू लगायतको उपस्थिति थियो ।
सोमबार दिउँसो प्रदेश सभामा भएको उपसभामुखको चुनावमा चापागाईं निर्वाचित भएकी थिइन् । उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीका सांसदहरूसमेतको गरी ६१ मत प्राप्त गरेकी थिइन् । उनको विपक्षमा ३९ सांसदले मतदान गरे भने र तटस्थमा सात सांसद रहेका थिए । मतदानका क्रममा एक सय आठ जना सांसद उपस्थित थिए । एमालेकी चापागाईं ललितपुरबाट समानुपातिक सांसदमा निर्वाचित भएकी थिइन् ।































प्रतिक्रिया