प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक इस्युहरुमा सहकार्य गरेर अघि बढ्न सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन् । मंगलवार अपरान्ह आफ्नै सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा उनले सो आग्रह गरेका हुन् ।
राष्ट्रियता लगायतका सबै राजनीतिक इस्युहरुमा सहकार्यका साथ अघि बढ्न बैठकमा प्रधानमन्त्रीले सबै दलहरुलाई आग्रह गरेको नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले तटस्थताको भुमिका निर्वाह गर्नुपर्ने राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख पदको चयनबारे पनि छलफल गरेर अघि बढ्न सकिने खुला धारणा राखेको उनको भनाइ थियो ।
सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले भनिन् ‘अहिले सम्माननीय प्रधानमन्त्रीज्युको यस्तो समय रह्यो कि जसले यो संसदबाट असाधारण बहुमत प्राप्त गर्नुभयो । त्यसका निम्ति उहाँले सबै दलहरुलाई धन्यवाद भन्नु त उहाँको दायित्व र कर्तव्य पनि हो । उहाँले विशेषतः त्यही भन्नुभयो । अरु सबै दलहरुले पनि सकारात्मक धारणा राख्नुभएको थियो । एमाले अध्यक्ष ओली र काँग्रेस सभापति शेरबहादुर देउवाको पनि धारणा सकारात्मक थियो ।’
साथै बैठकमा एमाले अध्यक्ष केपी ओलीले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको भन्दै सत्तारुढ दलहरुको तर्फबाट सबै राजनीतिक दलहरुलाई धन्यवाद समेत दिएका थिए ।































प्रतिक्रिया