लामो समयपछि लयमा फर्किदै खेलकूद गतिविधि

लामो समयपछि लयमा फर्किदै खेलकूद गतिविधि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाएसँगै अहिले खेलकूद गतिविधि लयमा फर्किन थालेका छन् । फुटबल विश्वकप छनोटका लागि खेलाडीलाई क्वारेन्टाइनमा राखिसकिएको छ भने ब्याड्मिन्टनले तोकिएको मापदण्डलाई पूरा गरेर निरन्तर अभ्यास गरिरहेको छ । बुधबारबाट टेबल टेनिसले पनि समूह समूहमा खेलाडीलाई अभ्यास गराउन थालेको छ ।

करिब चार महिना लामो लकडाउनका कारण घरेलु अभ्यासमा खुम्चिएका टेबल टेनिस खेलाडी बुधबारबाट अभ्यासमा फर्किएका छन् । कोरोना महामारीका कारण गत चैत ११ गतेबाट जारी भएको लकडाउनका कारण सम्पूणर् खेलकूद गतिविधिहरु ठप्प भएका थिए । बुधबारबाट लैनचैरस्थित टेबल टेनिस कोर्टमा टेबल टेनिसको अभ्यास सुरु भएको छ । नेपाल टेबल टेनिस संघले खेलाडीलाई समूह समूहमा विभाजन गरी अभ्यास थालेको नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दा राजवैद्यले जानकारी दिए । अहिले १६ जना खेलाडीहरुका लागि अभ्यास सुरु गरिएको उनको भनाइ छ ।

बुधबारबाट सञ्चालन भएको अभ्यास खेलमा पहिलो दिन थोरै मात्र खेलाडी अभ्यासमा देखिएका थिए । यद्यपि उपस्थित खेलाडी खुशी देखिन्थे । फिटनेस र अभ्यासको आवश्यकता ठानेका खेलाडी, संघले गरेको निणर्यमा खुशी त छँदै छन् संघले चालेको कदममा उत्साहित पनि देखिएका छन् । विश्व नै कोरोनासँग जुधिरहेका बेला स्वास्थ्य सुरक्षाका उपाय अपनाएर खेलाडीहरु अभ्यासमा फर्किन पाउँदा खुशी लागेको उनीहरुको भनाइ छ ।

खेलकूद क्षेत्र ठप्प भइरहेको अवस्थामा नेपाल टेबल टेनिस संघले खेलाडीलाई अभ्यासमा बोलाएको पहिलो दिन केही खेलाडीले अभ्यास गरेका थिए । महामारीले नराम्रोसँग असर पारेको खेलकूदमा सावधानी अपनाउँदै खेलाडीलाई प्रशिक्षण सुरु गरिएको टेबल टेनिस संघका मुख्य प्रशिक्षक सञ्जीव ढुंगेलले बताए । राष्ट्रिय खेलकूद परिषद्ले उपलब्ध गराएको आवश्यक स्वास्थ्य सामग्रीको सहयोगमा खेलाडीहरुको ज्वरो नाप्ने, स्यानिटाइजर प्रयोग गरेर अहिले केही सीमित खेलाडीहरुका लागि अभ्यास सुरु भएको उनको भनाइ छ ।

त्यस्तैगरी ब्याडमिन्टन, कराते र फुटबल बाहेक अन्य खेलले अहिलेको अवस्थामा अभ्यास थाल्ने शुभसाइत कुरिरहेका छन् । क्रिकेटका केही खेलाडीले आफू अनुकुल कीर्तिपुरमा अभ्यास गरिरहेका छन् । तर काठमाडौं उपत्यकामा पछिल्लो दिन यता बढेको संक्रमणले थप अन्योलता भने थपेको छ ।

Skip This
Skip This
Logo