काठमाडौं उपत्यका भित्रिने नाकामा कडाई

काठमाडौं उपत्यका भित्रिने नाकामा कडाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सख्या बढेसँगै उपत्यका भित्रिने नाकाहरुमा कडाई गरिएको छ । सरकारले लकडाउन केही खुकुलो बनाएसँगै विभिन्न नाका हुँदै काठमाडौं भित्रिनेहरुको संख्या बढ्दै गएपछि केही दिन नाकामै स्वाव संकलन गरेको सरकारले अहिले भने सवारी पास जाँचमा पनि कडाई गरेको हो ।

उपत्यका प्रवेश पास नभएका सवारी साधनलाई प्रहरीले नाकाबाटै फिर्ता पठाएको छ । यसअघि नाकासम्म एउटा सवारी सधानमा आएर पैदल हुँदै उपत्यका प्रवेश गर्ने उपत्यका छिरेपछि अर्को गाडीमा आउने गरेका यात्रुहरुलाई पनि रोक लगाइएको छ । प्रहरीले आज पैदल हिडेर प्रवेश गर्न खोज्ने विना पासका यात्रुहरु सबैलाई फर्काएको छ । उपत्यका भित्रिने साँगा नाकामा बुधबार अपरान्हसम्म मास्क नलगाका २५ जनालाई प्रहरीले कारवाही गरेको छ । साथै पास नभएका गाडीहरुलाई फिर्ता पठाइएको छ ।

त्यस्तै उपत्यका प्रवेश गर्ने नाका साँगा हुँदै काठमाडौं भित्रिने पास विनाका गाडीहरुलाई फिर्ता गरिएको छ भने मास्क नलगाई यात्रा गर्ने र पैदल यात्रुहरु कारवाही परेका छन् । नागढुंगा नाका हुँदै दैनिक ४ देखि ६ सयसम्म सवारीहरु भित्रिने गरेका छन । उपत्यका बाहिरबाट आउनेमा संक्रमण देखिन थालेपछि सरकारले प्रवेशमा कडाई गरेको हो । मंगलबारमात्रै उपत्यकामा ६२ जनामा संक्रमण पुष्टि भएको थियो । नागढुंगा, साँगा र फर्पिङ हुँदै हजारौँ नागरिक उपत्यका प्रवेश गरिरहँदा जोखिम बढेको निष्कर्ष सहित सरकारले प्रवेशमा कडाई गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार उपत्यका भित्रिने नाकाहरुमा गरिएको परीक्षणमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Skip This
Skip This
Logo