लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज विश्वासको मत लिने भएका छन्।

बिहीबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन्। लुम्बिनीमा सत्ता साझेदार दलहरूको बहुमत छ। नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका प्रदेश संसदीय दल नेता गिरी ५८ जना सांसदको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री बनेका थिए।

लुम्बिनीमा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका चार–चार, जसपा, लोसपा र जनमत पार्टीका तीन–तीन जना र २ स्वतन्त्र सांसदले गिरीलाई समर्थन गरेका थिए। उनले २ जना मन्त्री बनाए पनि मन्त्रालय तोकेका छैनन्। विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी छ।

लुम्बिनीमा ८७ जना सांसद छन्। बहुमतका लागि ४४ जना चाहिन्छ। यहाँ नेपाली कांग्रेसका २७, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक जना सांसद छन्। कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरीले कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने बताए।

Skip This
Skip This
Logo