डा. रुइतको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ–प्रधानमन्त्री प्रचण्ड

डा. रुइतको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ–प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय रहेको बताएका छन् ।

बिहीबार बिहान ट्वीटरकमार्फत प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका डा. रुइतलाई बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।राज्यसँग डा. रुइतले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । ‘वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गर्नुभएकोमा हार्दिक बधाइ ज्ञापन गर्दछु’, उनले लेखेका छन्, ‘मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ। राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ ।’

बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाका नाममा स्थापित अवार्डबाट यस वर्ष डा. रुइतलाई पुरस्कृत गर्ने घोषणा गरिएको हो । बहराइनको राजधानी मनामामा मंगलबार आयोजित पुरस्कार घोषणा समारोहमा राजपरिवारका सदस्य शेख मो. बिन मुबारक अल खालिफाले अन्धोपन निवारणका लागि गरेको मानव कल्याणका लागि डा. रुइतलाई इसा अवार्डका लागि छनोट गरिएको बताएका थिए ।

यो अवार्डअन्तर्गत डा.रुइतलाई आगामी फेब्रुअरीमा १० लाख डलर (१३ करोड ८ लाख नेपाली रुपैयाँ), स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ । यो अहिलेसम्म कुनै पनि नेपालीले प्राप्त गरेको सम्भवतः सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मान हो ।

Logo