काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले कुनै पनि गुटमा नलाग्ने बताएका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँगको भेटमा गौतमले त्यस्तो बताएका हुन् । अब, आफू कुनै नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ भएर लाग्ने उनको भनाइ छ ।
भेटवार्तामा प्रचण्डले कसलाई सहयोग गर्नुहुन्छ भन्ने प्रश्नमा उपाध्यक्ष गौतमले आफू ठूलो–सानो कुनै पनि गुटमा नलाग्ने बताएको गौतमको सचिवालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।





























प्रतिक्रिया