मृतकका परिवारलाई प्रधानमन्त्रीको आश्वासन- शव छिट्टै हस्तान्तरण गर्छौँ

मृतकका परिवारलाई प्रधानमन्त्रीको आश्वासन- शव छिट्टै हस्तान्तरण गर्छौँ

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न निर्देशन दिएका छन् । उनले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट चाहिने सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह गरे।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले पहिचानका लागि राखिएका शवको निरीक्षण गर्नुका मृतकका आफन्तसँग भेटघाट गरेका थिए । परिवारप्रति समवेदना प्रकट गर्दै प्रधानमन्त्रीले शव बुझाउने प्रक्रिया तीव्र बनाउन आफूले निर्देशन र आवश्यक सहयोगका लागि भनेको जानकारी गराए ।

आइतबार पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी एटीआर–७२ विमान दुर्घटनामा १५ विदेशी नागरिकसहित ७२ जनाले ज्यान गुमाएका थिए । उनीहरुको शव हाल पोखरा र काठमाडौँमा परीक्षण भैरहेको छ । कतिपयको शव भने परीक्षण भएर पनि परिवारजनलाई बुझाइसकेको छ । 

Skip This
Skip This
Logo