घिमिरेको पक्षमा मतदान गर्न सांसदहरुलाई माओवादीको आग्रह

घिमिरेको पक्षमा मतदान गर्न सांसदहरुलाई माओवादीको आग्रह

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रखुच सचेतक हितराज पाण्डेले सत्तारुढ दलका तर्फबाट सभामुख पदका उम्मेदवार एमाले सांसद देवराज घिमिरेको पक्षमा मतदान गर्न सबै सांसदहरुलाई आग्रह गरेका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा घिमिरेले सभामुख पदमा दिएको उम्मेदवारीको समर्थन गर्दै पाण्डेले त्यस पक्षमा मतदान गर्न सबै सांसदहरुलाई आग्रह गरेका हुन् । सांसद घिमिरे योग्य र सक्षम रहेको उल्लेख गर्दै उनले संसदलाई व्यवस्थित र प्रभावकारी बनाउन सभामुख पदमा निर्वाचित गराउनुपर्ने तर्क समेत गरे । 

उनले मुलुकको समृद्धि र राष्ट्रिय स्वाधिनताको रक्षा गर्न पनि सभामुख पदमा योग्य व्यक्तित्व आवश्यक्त भएकाले आफूले घिमिरेलाई उम्मेदवारी दिनका लागि समर्थन गरेको पनि पटकपटक दोहो-याए ।

प्रमुख सचेतक पाण्डेले नेपाली जनतालाई एकतावद्ध भएर अघि बढाउन पनि  घिमिरेको नेतृत्वमा संघीय संसद भए सहज हुने दावी समेत गरे । 

Skip This
Skip This
Logo