राष्ट्रिय सहमतिमा जान माओवादीले न्यौपानेलाई मत हाल्नुपर्छ -प्रकाश ज्वाला

राष्ट्रिय सहमतिमा जान माओवादीले न्यौपानेलाई मत हाल्नुपर्छ -प्रकाश ज्वाला

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सभामुख पदका लागि ईश्वरीदेवी न्यौपाने योग्य पात्र भएको बताएका छन् । 

बिहीवार प्रतिनिधि सभाको बैठकमा न्यौपानेको पक्षमा पार्टी रहने भन्दै समर्थनमा सांसद ज्वालाले न्यौपानेलाई सबै दलहरुले मत दिएर जिताउनुपर्ने बताएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले झैँ काँग्रेस सभामुख उम्मेदवार न्यौपानेलाई सर्वसम्मत जिताउनुपर्ने बताए । संसदले न्यौपानेलाई जिताए सभाले खोजेको सभामुख पाउने उनले बताए । 

सांसद ज्वालाले राष्ट्रिय सहमतिको हिसावले जाने हो भने उम्मेवार न्यौपानेलाई जिताउनुपर्ने र प्रधानमन्त्रीको पार्टीले अवश्य नै न्यौपानेलाई मत हाल्ने विश्वास लिएको बताए । 

Skip This
Skip This
Logo