नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले न्यायपालिकालाई नै निर्देशन दिने प्रणालीबाट सबै जनता झस्किएको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद निधीले यस्तो बताएका हुन् । उनले प्रतिनिधि सभा विघटन प्रतिगामी होइन भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यवहारबाट सबै झस्किएको समेत बताए ।
उनले संविधानले ग्रहण गरेको अवलम्वन र व्यवस्था गरेको प्रणालीले कार्यपालिका भन्दा माथि कसैले पनि निर्देशन दिन नमिल्ने बताए । उनले ओलीको भनाइले संघीयता नै खतरामा रहेको आशंका उब्जिएको बताए । सभामुखमा ईश्वरीदेवी न्यौपाने सबैभन्दा योग्य पात्र भएको पनि बताए । उनले न्यौपाने योग्य, अनुभवी, क्षमतावान, कल्पनाशील दूरदर्शी व्यक्तित्व रहेको बताए ।
सांसद निधीले जनताले देशमा राजनीतिक स्थिरता चाहेको बताए । उनले जनताले विकास, आर्थिक समृद्धि र शान्ति चाहेको भन्दै संसदको पूर्ण आयु काम हुनुपर्ने बताए ।































प्रतिक्रिया