जसपाले सभामुखमा एमालेका घिमिरेलाई मत दिने

जसपाले सभामुखमा एमालेका घिमिरेलाई मत दिने

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी नेपालले आज हुने सभामुखको चुनावमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्ने निर्णय गरेको छ ।

आज बसेको जसपाको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । जसपाका प्रचार प्रसार विभागका प्रमुख पूर्ण बस्नेतका अनुसार संसदीय दलको बैठकले एमालेबाट सभामुखको उम्मेदवार बनेका घिमिरेलाई मतदान गर्ने निर्णय गरेको हो । देवराज घिमिरे सत्ता साझेदार दलका साझा उम्मेदवार हुन् ।

जसपा सरकारमा सहभागी नभएको कारण कांग्रेसका उम्मेदवार इश्वरी न्यौपानेलाई मतदान गर्ने हो कि भनि आशंका भइरहेको थियो । जसपा संसदीय दलको बैठक तीनदेखि बसिरहेको थियो ।  

Skip This
Skip This
Logo