राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिन्छ, त्यसैमा राष्ट्रिय सहमति हुनुपर्छ -ओली

राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिन्छ, त्यसैमा राष्ट्रिय सहमति हुनुपर्छ -ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै त्यसैमा राष्ट्रिय सहमती हुनुपर्ने दावी गरेका छन् । 

अध्यक्ष ओलीले सत्तारुढ दलहरुबीच आफ्नो पार्टीबाट राष्ट्रपतिको उम्मेदवार उठाउने सहमती भएको समेत स्पष्ट पारे । सभामुखमा देवराज घिमिरे निर्वाचित भएलगत्तै संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले आफ्नो पार्टीले उठाउने राष्ट्रपतिको उम्मेदवारबारे भने पछि भन्ने प्रतिक्रिया दिए ।  

अध्यक्ष ओलीले सरकारलाई थितिमा बाँध्ने कुरालाई पिंजडा देख्नु अशुभको संकेत भएको बताए । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पिँजडा भित्र राख्न खोजेको टिप्पणी गरेका थिए । शर्माको सो अभिव्यक्तिलाई ओलीले अशुभको संकेतको रुपमा रहेको बताएका हुन् ।  

उनले यस अघिको गठबन्धन सरकारले रामचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर अभ्यास गरेकाले त्यसलाई निरन्तरता दिनेक्रममा आफू पनि संयन्त्रको संयोजक हुन पुगेको समेत बताए । 

Logo