नवनिर्वाचित सभामुख घिमिरेले गरे पद तथा गोपनीयताको शपथग्रहण

नवनिर्वाचित सभामुख घिमिरेले गरे पद तथा गोपनीयताको शपथग्रहण

केन्द्रबिन्दु
0
Shares

नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । शुक्रबार शीतल निवासमा आयोजित एक समाराेहबीच घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पदकाे शपथ लिएका हुन् । 

सत्ता सझेदारको तर्फबाट उम्मेदवार बनेका घिमिरे सभामुखमा बहुमतका साथ बिहीवार निर्वाचित भएका थिए।  घिमिरे १६७ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएका हुन्। विपक्षी गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत पाइन्। प्रस्तावको मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो। 

घिमिरे एमाले स्थायी कमिटी सदस्य, पार्टीको प्रदेश १ इन्चार्जसमेत थिए । तर, सभामुखमा रहँदा स्वतन्त्र, निष्पक्ष र साझा भूमिका निभाउनुपर्ने भएकाले एमालेमा रहेका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरिसकेका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै उनले एमालेको पार्टी सदस्यतासमेत त्यागेको उल्लेख गरेका छन् ।  

शपथ ग्रहणपछि उनी लैनचौरस्थित शहीदको शालिकमा माल्यार्पण गर्न जाने र त्यसपछि पदभार ग्रहण गर्ने कार्यक्रम छ । शपथग्रहण समाराेहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिती रहेको थियो ।

Skip This
Skip This
Logo