उपसभामुखबारे कांग्रेसले सत्ता बाहिर रहेका अन्य दलसँग छलफल गर्दै

उपसभामुखबारे कांग्रेसले सत्ता बाहिर रहेका अन्य दलसँग छलफल गर्दै

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले उपसभामुखको उम्मेदवारका बारेमा सत्तामा नरहेका अन्य दलसँग पनि छलफल गर्ने भएको छ ।

कांग्रेसका शीर्ष नेताको बैठकमा अन्य दलसँग छलफल गर्ने सहमति भएको हो । सत्तामा नरहेका अरु दलले उम्मेदवार नदिए आफ्नै दलबाट उम्मेदवार उठाउने भन्दै बैठकमा केही नाममा छलफल भएको छ । केन्द्रीय सदस्यहरु समेत रहेका सांसदहरु अम्बिका बस्नेत, सरिता प्रसाईं, मुक्ताकुमारी यादव लगायतको नाममा चर्चा भएको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार मुक्ता कुमारी यादवलाई उम्मेदवार बनाउने विषयमा बढी चर्चा भएको थियो । ‘महिला सांसदहरुमा ३÷४ जनाको नाममा छलफल ग¥यौं,’ बैठकमा सहभागी नेताले भने, ‘मुक्तालाई बनाउने बारे अलि बढी छलफल भएको हो ।’ कांग्रेसले सभामुखमा पनि महिलालाई उम्मेदवार बनाएको थियो ।

संसद सचिवालयले शुक्रबार उम्मेदवारको मनोनयन दर्ता र शनिबार उप–सभामुखको निर्वाचन गर्ने कार्यतालिका बनाएको छ । सत्ता गठबन्धनका तर्फबाट उपसभामुख पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

Logo