कर्णाली प्रदेश सरकारलाई कांग्रेसले जोगाउँछ -पूर्वमुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारलाई कांग्रेसले जोगाउँछ -पूर्वमुख्यमन्त्री शाही

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश सरकार ढल्न लागेमा कांग्रेसले जोगाउने बताएका छन् । 

प्रदेशसभाको शुक्रबारको बैठकमा मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत माग्दै गर्दा त्यसको जवाफमा शाहीले अहिले सहयोग गर्न नसकिने, तर सरकार ढल्न लागेमा सहयोग गरेर जोगाउने प्रतिबद्धता व्यक्त गरे । ‘अहिले सरकारलाई बहुमत ठिक छ, योभन्दा बढी दिएमा फेरि गिलासबाट पानी पोखिएझैँ होला । त्यसैले हामी पानि पोख्न चाहँदैनौँ , अहिले तपाईहरुसँग नै गिलास भर्ने पानी ठिक छ,’ शाहीले भने, ‘यदि मुख्यमन्त्रीज्यू अल्पमतमा पर्नुभयो भने त्यतिबेला हामी बहुमत बनाउनका लागि ढाल बनेर सहयोग गर्नेछौँ ।’ 

शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री शर्माले आफूलाई विश्वासको मत दिन आग्रह गर्दै कर्णालीको विकासका बारेमा आफ्ना योजना सुनाएका थिए । ती योजनाहरु सुन्दा आफू  ‘कन्फ्युज’ भएको नेता शाहीले टिप्पणी गरे । 

‘म कन्फ्युज भइरहेको छु । मुख्यमन्त्रीले विश्वासको मत माग्दै हुनुहुन्छ वा कुनै नीति कार्यक्रम योजना पढिराख्नु भएको छ,’ शाहीले भने, ‘हप्ता दिनदेखि दुई जना मन्त्री विनाविभागीय राख्नुभएको छ । मन्त्री नियुक्त गर्ने विषयमा केन्द्रको मुख ताक्ने नेताले कसरी आफ्ना योजनाहरु पूरा गर्लान् ?’

आफूलार्इ विश्वासको मत दिन चाहना भए पनि संसदको बसाइ व्यवस्थापनका कारणले पनि विश्वासको मतको विपक्षमा मतदान गर्न बाध्य पारिएको शाहीले बताए । ‘मलाइ विश्वासको मत दिन मन छ । तर, म बस्ने सिट अगाडी विपक्षी दल लेखिएको छ,’ शाहीले भने । 

Skip This
Skip This
Logo