उपसभामुखमा कांग्रेसबाट मुक्ताकुमारी यादवले गरिन् मनोनयन दर्ता

उपसभामुखमा कांग्रेसबाट मुक्ताकुमारी यादवले गरिन् मनोनयन दर्ता

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभाको उपसभामुख पदमा नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले मनोनयन दर्ता गराएकी छिन् । 

शुक्रबार संघीय संसद सचिवालयमा पुगेर मुक्ताले उपसभामुख पदमा मनोनयन दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल रहेका छन् । यादव धनुषाकी समानुपातिक सांसद हुन् ।

यता सत्तारुढ गठबन्धनबाट भने राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । उनको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सोविता गौतम रहेकी छन् । साथै समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन छन् । 

शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखमा निर्वाचित गरियाेस् भन्ने प्रस्तााव पेस हुँदै छ । बिहीबार भएको निर्वाचनमा सभामुखमा भने देवराज घिमिरे निर्वाचित भइसकेका छन्।

Skip This
Skip This
Logo