नवनियुक्त सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक बोलाएका छन्।
संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा शनिबार बिहान ११ बजे बस्नेछ। घिमिरेले सभामुखमा निर्वाचित भएपछि पहिलो पटक सर्वदलीय बैठक बोलाएका हुन् । उनी गत बिहीबार प्रतिनिधिसभामा १६७ मत प्राप्त गरी सभामुख निर्वाचित भएका हुन्।































प्रतिक्रिया