लोपोन्मुख प्रजातिको अजिङ्गर फेला

लोपोन्मुख प्रजातिको अजिङ्गर फेला

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर ।

कञ्चनपुरको बेदकोट नगरपालिका–८ गाउँजीमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ ।

स्थानीय मानप्रसाद भट्टको बारीको आँपको रुखमा आठ फिट सात इञ्च लामो र आठ किलो तौलको अजिङ्गर फेला परेको हो ।
चुरे वन क्षेत्रबाट आहाराको खोजीमा बस्तीमा अजिङ्गर आएको हुन सक्ने डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले जानकारी दिए।

स्थानीय बासिन्दाले अजिङ्गर फेला परेको बारे जानकारी दिइएपछि वन कार्यालय सुरक्षा शाखाका प्रमुख अर्जुन थापाको नेतृत्वमा गएको टोलीले अजिङ्गरको उद्धार गरेको उनले बताए । उद्धार गरिएको अजिङ्गरलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको संरक्षित क्षेत्रमा छोडिएको छ ।रासस

Skip This
Skip This
Logo