अफगानिस्तानको पश्चिम प्रान्तका ७० प्रतिशत बासिन्दासँग छैन राष्ट्रिय परिचयपत्र

अफगानिस्तानको पश्चिम प्रान्तका ७० प्रतिशत बासिन्दासँग छैन राष्ट्रिय परिचयपत्र

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानको पश्चिम प्रान्त फराहमा स्थानीय अधिकारीहरुले फराहरुद जिल्लाका कम्तीमा ७० प्रतिशत बासिन्दासँग राष्ट्रिय परिचयपत्र नभएको अफगानिस्तानको समाचार समिति टोलो जनाएको छ ।

तीस प्रतिशत बासिन्दासँग परिचयपत्र भएको फराहरुद जिल्ला गभर्नर मोहम्मद सादिकले टोलो समाचारलाई उद्धृत गर्दै जानकारी दिएका छन् । 

फराहरुदमा कम्तीमा १४ हजार मानिसले परिचयपत्र लिएका छन् भने बाँकी ७० हजारले राष्ट्रिय कागजात पाउन बाँकी रहेको राष्ट्रिय तथ्याङ्क तथा सूचना प्राधिकरण फराहको तथ्याङ्कले देखाएको छ । -एएनआई

Logo