सरकारले आगो लगाएर ध्वस्त पारेको चेपाङ बस्तीमा सहयोगका लागि पुगे ताराबहादुर

सरकारले आगो लगाएर ध्वस्त पारेको चेपाङ बस्तीमा सहयोगका लागि पुगे ताराबहादुर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सामाजिक अभियन्ता ताराबहादुर कुँवर कोरोना पीडितहरुका लागि राहत वितरण गरेर समाज सेवा गरिरहेका छन् । उनको नाम राहत वितरणमा निकै चिनिएको नाम हो । कुँवर चक्रपथ सरसफाई अभियन्ता पनि हुन् । उनले चितवनको माडी स्थिति सिसौंखोला जंगलमा बस्दै आएका १० घर चेपाङ बस्ती निर्माण गर्न बाटो खोलिदिएका छन् ।

चेपाङ बस्ती निर्माण गर्न उनले सुरुवाती सहयोग गरेका छन् । समाजसेवी कुँवरले चेपाङ बस्ती निर्माणका लागि ४१ हजार रुपैँयाँ सहयोग गरेका छन् । उनको यो सहयोगसँगै डढेलो लागेको चेपाङ बस्ती निर्माण अभियानको सुरुवात भएको छ । कुँवरले माडी वडा नम्बर–९ का वडाध्यक्ष शिवहरि सुबेदीको रोहबरमा चेपाङ बस्ती निर्माण समिति गठन गरेर सहयोग रकम हस्तान्तरण गरिएको बताए ।

सरकारले आगो लगाएर ध्वस्त पारेको चेपाङ बस्तीमा उनले आर्थिक सहयोग गरेका छन् । यो क्षेत्र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ तथा राप्रपा नेता बिक्रम पाण्डेको क्षेत्र हो । यी शक्तिशाली नेताहरु सहयोगका लागि चेपाङ बस्ती पुगेनन् । तर समाजसेवी कुँवरले उनीहरुको मुहारमा खुशी ल्याइदिएका छन् ।

कुँवर नेपाली हेभी इक्विप्मेन्ट व्यवसायीहरुको महासंघका अध्यक्ष समेत हुन् । उनले कोरोना महामारीले वेरोजगार बनाएका पीडितहरुलाई हरेक हप्ता राहत बाँढ्दै आएका छन् ।

Skip This
Skip This
Logo