नेपाली काँग्रेसका प्रवक्ता तथा सांसद डा.प्रकाशशरण महतले समयमै राष्ट्रपतिको निर्वाचन हुनुपर्ने बताएका छन् । उनले राष्ट्रपति निर्वाचनलाई अनिश्चित र अन्यौल राख्नु नहुने बताए ।
मंगलवार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रवक्ता महतले भने, ‘समयमै राष्ट्रपतिको निर्वाचन हुनुपर्छ भन्ने हाम्रो निस्कर्ष हो । सरकारको पनि हामीले ध्यानाकर्षण गराएका छौँ । निर्वाचन आयोगलाई पनि हामी ध्यानाकर्षण गराउँछौ । यसलाई अनिश्चित गर्नुहुन्न । अन्यौल राख्नुहुन्न । समयमै यसलाई टुंगो लगाउनुपर्छ ।’
फरक प्रसंगमा संसद बैठकपछि सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै जनमत पार्टीका अध्यक्ष सिके राउतले आफुहरुले उद्योग मन्त्रालय पाए मात्रै सरकारमा सहभागि हुने बताए । उनले आफुहरु सरकारमा काम गर्न जाने भन्दै सो मन्त्रालयबाट मात्रै आफूहरुको एजेण्डा कार्यान्वयन गर्न सहज हुने बताए । आगामी मन्त्रिपरिषद् बैठकबाट सो विषय टुंगोमा पुग्नेमा उनले विश्वास व्यक्त गरे ।





























प्रतिक्रिया