एसियन बक्सिङः सुष्मा फाइनलमा पराजित, तर नेपाललाई ऐतिहासिक उपलब्धि

एसियन बक्सिङः सुष्मा फाइनलमा पराजित, तर नेपाललाई ऐतिहासिक उपलब्धि

केन्द्रबिन्दु
0
Shares

नेपाली मुक्केबाज सुष्मा तामाङ थाइल्याण्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी एएसबीसी एसियन यू-२२ बक्सिङ च्याम्पियनसिपको रजत पदकमा सिमित भएकी छन् । 

सुष्मा बुधबार भएको ४८ केजी तौलसमूहको फाइनल प्रतिस्पर्धामा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भएकी हुन् । फाजोनासँग अंकको आधारमा ५–० ले पराजित हुँदै सुष्मा रजत पदकमा सीमित बनेकी हुन् ।

सेमिफाईनल खेलमा मंगोलियाका प्रतिद्वन्द्वी बेस्येन्वेई जर्नागुलीलाई तेस्रो राउण्डमा रेफ्रि स्टोप कन्टेस्ट (आरएससी)को आधारमा पराजित गर्दै उनी फाइनलमा प्रवेश गरेकी थिइन् । तर, उनको यो उपलब्धि नेपाली बक्सिङको इतिहासमा अहिलेसम्मकै ठूलो हो । यसअघि नेपालले एशियनस्तरमा कास्य पदकसम्म नै सिमित रहेको थियो ।

२०२१ मा पोल्याण्डमा सम्पन्न भएको विश्व युथ उमन बक्सिग च्याम्पियनशिपमा पनि सुष्माले लिथुयानीका खेलाडीलाई पराजित गरी क्वाटरफाईनलसम्मको यात्रा तय गर्दै विश्व वरीयतामा छैठाैँ स्थानमा पुग्न सफल रहेकी थिइन् । 

Logo