फेसबुकले डोनाल्ड ट्रम्पमाथिको प्रतिबन्ध २ वर्षपछि हटाउदै

फेसबुकले डोनाल्ड ट्रम्पमाथिको प्रतिबन्ध २ वर्षपछि हटाउदै

केन्द्रबिन्दु
0
Shares

अमेरिकी पूर्व राष्ट्रपति ड्रोनाल्ड ट्रम्पले करिब २ वर्षपछि फेसबुक र इन्ट्राग्राम फिर्ता पाउने भएका छन्।

मेटाले आगामी साता ट्रम्पका फेसबुक र इन्ट्राग्राम फिर्ता दिन लागेको हो। सन् २०२१ को जनवरी ६ मा भएको क्यापिटल हिल दंगापछि मेटाले ट्रम्पका खातामा प्रतिवन्ध लगाएको थियो। दुई वर्षको निलम्बन समाप्त गर्दै फेसबुकले ट्रम्पमाथिको प्रतिबन्ध खारेज गर्ने भएको हो । मेटाका अनुसार ट्रम्पले थप उल्लङ्घन सामग्री पोस्ट गरेमा सामग्री हटाइने र उल्लङ्घनको गम्भीरतामा निर्भर गर्दै ट्रम्पको एकाउन्टमा एक महिनादेखि र दुई वर्षको सम्मको प्रतिबन्ध लगाइने स्पष्ट पारेको छ।

जनताले उनीहरूका राजनीतिज्ञहरूले के भनिरहेका छन् सुन्न सक्षम हुनुपर्ने फेसबुकले बताएको छ। राजनीतिज्ञहरु राम्रो, नराम्रो र कुरूप जे भए पनि मतदाताले उनीहरुको भनाई सुनेर मतपेटिकामा उचित छनोटहरू गर्न सक्ने मेटाका ग्लोबल अफेयर्सका उपाध्यक्ष निक क्लेगले लेखेका छन्।  तत्कालिन निलम्बन असाधारण परिस्थितिमा लिइएको असाधारण निर्णय भएको उनले स्पष्ट पारेका छन्। जब वास्तविक हानिको लागि स्पष्ट जोखिम हुन्छ, त्यतीबेला भने मेटाले हस्तक्षेप गर्ने उनले बताएका छन् । ट्रम्पले क्यापिटल हिल दंगामा संलग्न व्यक्तिहरूको प्रशंसा गरेकोमा जनवरी ७ मा मेटाले ट्रम्पको फेसबुक एकाउन्ट खारेज गरेको थियो।

फेसबुकले प्रतिबन्ध हटाउन गरेको निर्णयबारे ट्रम्पले फेरि यस्तो घटना नदोहोरियोस् भनेका छन्। ‘फेसबुक, जसले तपाईको मनपर्ने राष्ट्रपतिलाई प्ल्याटफर्मबाट हटाएपछि अर्बौं डलरको मूल्य गुमाएको छ। भर्खरै घोषणा गरेको छ कि उनीहरूले मेरो खाता पुनर्स्थापित गर्दैछन्’, उनले भने, ‘वर्तमान राष्ट्रपति वा बदलाको योग्य नभएको व्यक्तिसँग यस्तो घटना फेरि कहिल्यै नहोस्।’ रिपब्लिकनहरूले अर्को वर्ष राष्ट्रपतिको लागि पुनः चुनाव लड्ने तयारी गरेका ट्रम्पको फेसबुक खाता फिर्ता दिन दबाब दिइरहेका थिए।

Skip This
Skip This
Logo