जापनिज टु ह्विलर निर्माता होण्डाले किलेस फिचरसहितको नयाँ स्कुटर भारतमा लन्च गरेको छ । कम्पनीले ११० सिसी सेग्मेन्टमा पहिलोपटक किलेस फिचरसहितको स्कुटर ल्याएको हो ।
यस स्कुटरलाई चावी विना नै स्टार्ट गर्न सकिन्छ । जसका लागी यसको की फव प्रयोग गरिन्छ । यसमा विभिन्न अप्सनहरु दिइएको हुन्छ ।
कम्पनीका अनुसार यस नयाँ स्कुटरमा किलेस फिचरवाहेक अन्य थुप्रै स्मार्ट फिचर पनि उपलब्ध गराइएको छ । की फवको सहायतामा ह्यान्डल वार, फ्यूल फिलर क्याप र अन्डर सिट स्टोरेजलाई अनलक पनि गर्न मिल्छ । यो फिचरलाई होन्डाले पहिलोपटक एच–स्मार्टमा दिएको हो ।
नेपाली बजारमा पनि छिट्टै भित्र्याउने तयारी भएको यो नयाँ स्कुटरको मूल्य ८० हजार ५३७ भारु निर्धारण गरिएको छ ।





























प्रतिक्रिया