व्यवसायी शंकर अग्रवाल फेरि पक्राउ

व्यवसायी शंकर अग्रवाल फेरि पक्राउ

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । शंकर ग्रुपका अध्यक्ष तथा व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका अग्रवाललाई पक्राउ गरिएको सीआईबी प्रमुख तथा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

उनका अनुसार अग्रवाललाई आवश्यक कानुनी प्रक्रियाका लागि अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ।

अग्रवाल यसअघि पनि पक्राउ परेका थिए। त्यतिबेला उनी हाजिरी जमानीमा छुटेका थिए।

Logo