नाइजेरिया विष्फोटमा २७ फिरन्ते पशुपालकको मृत्यु

नाइजेरिया विष्फोटमा २७ फिरन्ते पशुपालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मध्य नाइजेरियाको नासारवा राज्यमा मङ्गलबार राति भएको विष्फोटमा २७ जनाको ज्यान गएको बिहीबार प्रहरीले पुष्टि गरेको छ । 

विष्फोटमा ज्यान गुमाएका २७ जनाको शव फेला परेका नासारवाका प्रहरी प्रवक्ता रमहान नान्सेलले जानकारी दिएका छन् । घटनामा ज्यान गुमाएका सबै फिरन्ते पशुपालक भएका उनले जनाएका छन् । 

विष्फोटको कारण पत्ता लगाउन प्रहरीका साथै अन्य सुरक्षा निकायका अधिकारी परिचालन गरिएको छ । नासारवाका गभर्नरले विष्फोटलाई दुर्भाग्यपूर्ण भन्दै दोषीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । -सिन्ह्वा

Logo