ऋषिमुनिको तपोभूमि हो नेपाल -मन्त्री पाण्डे

ऋषिमुनिको तपोभूमि हो नेपाल -मन्त्री पाण्डे

केन्द्रबिन्दु
0
Shares

सहरी विकासमन्त्री विक्रम पाण्डेले नेपाल ऋषिमुनिहरूको तपोभूमि रहेको बताएका छन् । 

श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा आजदेखि नारायणी नदी किनारमा सुरु भएको साङ्ग–विराट–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको उद्घाटन गर्दै उनले नेपाल पूर्ववत्रूपमा शान्त, सुव्यवस्थित हुनुपर्ने बताएका हुन् ।

उनले भने, “यो भूमि पूर्ववत्रूपमा एउटा शान्त, सुव्यवस्थित होस् र दानवहरूको नगरा, पञ्जाबाट मुक्त होस् भन्ने मैले भगवान्सँग पुकार गर्छु ।” यो महायज्ञ हिन्दू धर्मावलम्बीहरूको मात्रै नभएर देशैभरका सबै धर्म मान्नेहरूका लागि भएको उनको भनाइ थियो । 

विश्व शान्ति र मानव जातिको रक्षाका लागि यस्ता महायज्ञहरू हुन जरुरी रहेको उनले बताए । यहाँ आएर सबै धर्मावलम्बीले पुण्य लिने उनले विश्वास व्यक्त गरे । महायज्ञका लागि सबैले सहयोग गर्न उनले अपिलसमेत गरे ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य बिनु रायमाझी पौडेल, भरतपुर महानगरपालिका–१ का वडाध्यक्ष केशवराज महर्जन, समाजसेवी टङ्कनाथ पौडेल, स्वामी जगन्नाथ शर्मा कँडेल, पूर्वसांसद गोविन्द कँडेल, समाजसेवी उमाशङ्कर अग्रवाल, प्रमुख वाचक परशुराम पाण्डेलगायतले बोलेका थिए ।

Skip This
Skip This
Logo