काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आगामी १३ साउनमा बैठक बस्ने तय भएको छ।
रास्वपाका महामन्त्री विपिन आचार्यका अनुसार बैठकमा हालै सम्पन्न महाधिवेशनको समग्र समीक्षा गरिनेछ। साथै, पार्टी सञ्चालनसँग सम्बन्धित आवश्यक कार्यविधि तयार पार्ने तथा विद्यमान कार्यविधिमा आवश्यक संशोधन गर्ने विषयमा पनि छलफल हुनेछ।
बैठकमा संगठन व्यवस्थापन, विभिन्न पदमा मनोनयन तथा आगामी अभियान र कार्यक्रम सञ्चालनका विषयलाई समेत छलफलको एजेन्डामा समेटिएको छ। यसबाहेक समसामयिक तथा विविध विषयमा पनि छलफल हुने महामन्त्री आचार्यले जानकारी दिए।




















