सर्वोच्च परिसरमा रवि लामिछानेका कार्यकर्ताको नाराबाजी, केही नियन्त्रणमा

सर्वोच्च परिसरमा रवि लामिछानेका कार्यकर्ताको नाराबाजी, केही नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद बदर गरेसँगै कार्यकर्ताले नाराबाजी गरेका छन्। 

सर्वोच्च परिसरमा शुक्रबार साँझ भेला भएका समर्थकले रविको पक्षमा नाराबाजी गरेका हुन् । सो क्रममा केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएकोसमेत बताइएको छ । 

सर्वोच्चको संवैधानिक इजलासले लामिछानेको नेपाली नागरिकता प्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको रिटमाथि आज सुनुवाइ गर्दै सांसद पद खारेज गरेको हो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजसालले उक्त निर्णय सुनाएको हो ।

लामिछाने चितवन निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । फैसलासँगै सो क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने भएको छ ।

Skip This
Skip This
Logo