मकवानपुरमा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु

मकवानपुरमा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको मनहरी–६ नयाँबस्तीमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

ना ७ ख ८४७८ नम्बरको ट्याङ्करले ना १४ प ९९४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा हेटौँडा उपमहानगरपालिका–१५ का ४० वर्षीय शंकरत्न तितुङको मृत्यु भएको हो । तितुङको मृत्यु भएपछि स्थानीय बासिन्दाहरुले दुई घण्टासम्म पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । ठक्कर दिने ट्याङ्कर तथा चालक इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । 

Skip This
Skip This
Logo