भोकमरीको सूचकाङ्कमा सामान्य सुधार, कर्णालीमा सबैभन्दा धेरै ४७.८% मा पुड्कोपन

भोकमरीको सूचकाङ्कमा सामान्य सुधार, कर्णालीमा सबैभन्दा धेरै ४७.८% मा पुड्कोपन

केन्द्रबिन्दु
0
Shares

विश्वव्यापी भोकमरीको सूचकाङ्क (जीएचआई)मा नेपालको अवस्थामा सामान्य सुधार देखिएको छ।

ग्लोबल हङ्गर इन्डेक्स कन्सर्न वल्र्डवाइड र वेल्टहङ्गर हिल्फेद्वारा संयुक्त रूपमा प्रकाशित वार्षिक प्रतिवेदनमा यस्तो सुधार देखिएको उल्लेख छ। जीएचआईले १२१ वटा राष्ट्रमा गरेको अध्ययनमा नेपाल ८१औँ स्थानमा रहेको छ। अङ्कका आधारमा नेपालले १९.२ अङ्क हासिल गरेको थियो। यो अङ्कले नेपालको भोकमरीको स्तर मध्यम छ भन्ने जनाउँछ।

यसअघि सन् २०१४ मा नेपालले २१.२ अङ्क पाएको थियो। यस अध्ययनमा बालबालिकामा हुने कुषोषण, पुड्कोपन, ख्याउटेपन र बाल मृत्युदरलाई भोकमरीको सूचक मानिएको थियो। समग्रतामा हेर्दा नेपालको अवस्थामा सुधार देखिए पनि प्रदेशगत आधारमा भने ठूला असमानता रहेको अध्ययनले देखाएको छ।

भोकमरीका कारण बालबालिकामा देखिएको पुड्कोपनको अवस्थालाई नियाल्दा कर्णाली प्रदेश सबैभन्दा पछाडि परेको छ। यस प्रदेशमा पुड्कोपनको ४७.८ प्रतिशत रहेको छ भने सुदूरपश्चिम प्रदेशमा ४०.९ प्रतिशत बालबालिकामा पुड्कोपन रहेको देखिन्छ। त्यस्तै, बागमती प्रदेशमा २२.६ प्रतिशत र गण्डकी प्रदेशमा २२.६ प्रतिशत रहेको छ। 

Skip This
Skip This
Logo