सुनको मूल्य प्रतितोला ३ सय रुपैँयाले बढ्यो, चाँदीको स्थिर

सुनको मूल्य प्रतितोला ३ सय रुपैँयाले बढ्यो, चाँदीको स्थिर

केन्द्रबिन्दु
0
Shares

साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख छ हजार तीन सय रुपैँयामा कारोबार भइरहेको छ । आइतबार प्रतितोला एक लाख छ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैँयाले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिनको मूल्य रू एक लाख पाँच हजार पाँच सय थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ६५ कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Logo